अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हरायो

काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको छ । बंगलादेशले दिएको ३ सय ७ रनको लक्ष्य अष्ट्रेलियाले ३२ बल अघि नै २ विकेट गुमाएर भेटायो ।
अष्ट्रेलियाका लागि मिचेल मार्सले नटआउट १ सय ७७ र स्टेभिन स्मिथले ६३ रन बनाए । डेविड वार्नर ५३ र ट्रेभिस हेड १० रनमा आउट भए ।
बंगलादेशका तस्किन अहमद र मुस्ताफिजुर रहमानले एक एक विकेट लिए । आजको हारपछि पनि बंगलादेशको शीर्ष आठ भित्र रहेर च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कायमै छ ।
यसअघि पुनेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन बनाएको थियो । बंगलादेशका लागि ताहिद ह्रोदीले ७४ तथा नजमुल होसाइन शान्तोले ४५ रन बनाए ।
बलिङतर्फ अष्ट्रेलियाका सीन अबोट र एडम जाम्पाले २, २ विकेट लिए । अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । उसले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएको छ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया