तपाईको आजको राशिफल : धनुलाई शुभ समाचार प्राप्त अन्यको कस्तो छ ??

आज २०८० कात्तिक २६आइतवार । कार्तिक कृष्ण चतुर्दशी
पञ्चाङ्गस् आयुष्मान शकुनि स्वाति , लक्ष्मी पुजा र महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीरनरक चतुर्दशीरसुखरात्रीरकुकुर तिहार । नेपाल संवत ११४३ । नोभेम्बर १२ तारिख २०२३।
आज तपाईको राशिफल यस्तो छ–
मेष : आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।
वृष : आजको दिन सफल भ्रमणमा बित्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारको कारोबारबाट लाभ पनि मिल्नेछ ।
मिथुन : सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग रहेको छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनसक्छ ।
कर्कट : आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा भने धन लाभ हुनसक्छ ।
सिंह : आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ ।
कन्या : कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।
तुला : वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित हुनेछ
वृश्चिक : आज आफूलाई कमजोर भएको अनुभूति हुन सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनमा दुबिधा पनि उत्पन्न हुनसक्छ ।
धनु : आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।
मकर : स्थान परिवर्तनका विशेष योग देखिन्छन् । मनोरञ्जनमा सहभागी भइएला । रोकिएको धन हात पर्नेछ, तर साँझमा पैसा खर्च हुने योग छ ।
कुम्भ : चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । वाक्चातुर्यले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।
मीन : आजको दिन मध्यम खालकै रहनेछ । शैक्षिक क्षेत्र कमजोर रहनेछ, तर दिनको उत्तरार्ध उमङ्ग र प्रसन्नताले मनमा खुसियाली छाउनेछ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया