दूषित खानेपानी र खानपानले भूकम्प पीडितहरुको स्वास्थ्यमा समस्या

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुमा दूषित खानेपानी र खानपानले स्वास्थ्यमा समस्या देखिन थालेको छ । उनीहरुमा झाडापखाला र श्वासप्रश्वासको समस्या बढी मात्रामा देखिएको स्वास्थ्य उपचारका लागि त्यहाँ पुगेका स्वास्थ्यकर्मीहरु बताउँछन् ।
भुकम्प प्रभावितहरुको स्वास्थ्य उपचार गर्न जाजरकोट पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले गर्भवती, सुत्केरी र पालमा बसेकाहरुको स्वास्थ्य अवस्था नाजुक बनिरहेको जनाएको छ ।
अहिले प्रतिष्ठानको टोलीले भुकम्प पीडितलाई औषधि उपचार गर्ने काम गरिरहेको छ । टोली प्रमुख डा. मनिराज क्षेत्रीले नलगाड क्षेत्रको प्रभावितहरुमा चिसो बढिरहेको र पालमा बसिरहेकाले स्वास्थ्य अवस्था बिग्रँदै जान थालेको जानकारी दिए ।
भुकम्प पीडितहरुलाई चिकित्सकहरुका फरक फरक टोलीले गाउॅ गाउँमा पुगेर उपचार गरिरहेका छन् । टोलीले बिग्रँदो स्वास्थ्य अवस्था सुधार्न आग्रह गरिरहेका छन् ।
अमेरिकन नेपाल मेडिकल फाउण्डेशनले प्रतिष्ठानको टोलीमार्फत सरसफाइ सामग्री उपलब्ध गराइरहेको छ । राहत, औषधि उपचार पुग्न नसकेको क्षेत्रमा प्रतिष्ठानको टोली पुगिरहेकोले भूकम्पले थलिएका बिरामीहरु र पीडितहरुको मनमा मलम लगाउन सकिएको टोलीका सदस्यहरु बताउँछन् ।
गर्भवतीहरु, सुत्केरी महिलाहरु र पालमा बसेका पीडितहरुमा मानसिक तनाव र झाडापखालाको समस्या रहेको टोलीका सदस्यहरु बताउँछन् ।
टोलीले प्रभावित गाउॅबस्तीमा पुगेर स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, स्वास्थ्य सामग्री वितरण लगायतको कार्य गरिरहेको प्राध्यापक डाक्टर क्षेत्रीले बताए । प्रतिष्ठानको जनस्वास्थ्यको टिमले जाजरकोटको नलगाड नगरपालिकाको वडा नम्बर १, २, ३ मा भूकम्पपछिको जनस्वास्थ्यको अवस्था अवलोकन गरेको जनाएको छ ।
कर्णाली प्रतिष्ठानका मनोसामाजिक परामर्शदाता नन्दराज आचार्यले भूकम्पले उत्पन्न विपदका कारण पीडितहरुमा स्वाभाविकरुपमा मनोबल घट्ने भएकोले यस्तो बेला उचित मनोपरामर्श आवश्यक रहेको बताए । उनले प्रभावित क्षेत्रमा पीडितको मनोभावनामा परेको प्रभावअनुसार आवश्यकताका आधारमा प्राथमिक मनोवैज्ञानिक परामर्श, सामूहिक परामर्श र व्यक्तिगत परामर्श गर्न थालिएको जानकारी दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र अमेरिकन नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा टोलीले सेवा दिइरहेको छ । साथै टोलीले पीडितलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सामग्रीः हाईजिन किट (साबुन, ब्रस, तुथपेस्ट, सेनिटरी प्याड, पानीमा हाल्ने प्यूस) समेत प्रभावितलाई वितरण गर्दै आएको छ ।
भूकम्पले प्रभावित जाजरकोट–रुकुम पश्चिमका पीडितलाई उद्धार तथा उपचार सेवा दिन यसअघि पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पातलको टिम प्रभावित क्षेत्रमा काम गरेर फर्किएको थियो ।















गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया