स्टोन स्किपिङ खेलमा खहरेका राहुल लिम्बु प्रथम

काठमाडौँ । नेपालको पहिलो स्टोन स्किपिङ (पानी सुल्के) प्रतियोगिता बराहक्षेत्र नगरपालिकामा सम्पन्न भएको छ । चतरा हाईकिङ ग्रुपको आयोजनामा मंगलबार नगरपालिकाको वार्ड १ स्थित सुनसरी मोरङ्ग सिचाईं आयोजनाको चतरा नहरमा भएको प्रतियोगितामा स्थानीय राहुल लिम्बू पहिलो, राजेन्द्र कार्की दोश्रो र संचारकर्मी लक्षमण कटुवाल तेस्रो भए ।
प्रथम लिम्बुले दोस्रो चरणको सेटमा क्रमशः २३ं२२ं१४.५९ अंक ल्याउन सफल भएका थिए। उनी स्थानीय वार्ड १ खहरेका विद्यार्थी हुन् । उनले एक पटकमा २३ पटक उफ्राई सवै भन्दा बढि हो।
दोस्रो बनेका राजेन्द्र कार्कीले कुल ३० अंक ल्याए । तेस्रो बनेका लक्षमण कटुवालले २८ अंक प्राप्त गरेका थिए।
कार्यक्रम दुई चरणमा खेलाइएको थियो। सहभागीले पहिलो चरणमा एकवटा ढुंगागाले पानीमा कम्तीमा तिन पटक उफार्न सकेकाले मात्र दोस्रो चरणको खेलमा सहभागी हुन पाउने ब्यवस्था थियो। दोस्रो चरणमा पुग्ने खेलाडीलाई तिन वटा ढुंगागा उपलब्ध गराएको थियो। पानीमा तिन पटकको उक्त ढुङ्गाको जम्मा उफ्राई जोडेर बिजेता घोषणा गरिएको थियो।
उनिहरुलाई प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका, वार्ड १ अध्यक्ष किसन थापा, बिशिस्ट अतिथीहरु वार्ड २ अध्यक्ष होम प्रसाद गौतम, वार्ड ५ अध्यक्ष रोहित काफ्ले, मुख्य निर्णायक ज्ञान बहादुर पांडेले प्रथम, दोश्रो र तेस्रो पुरस्कार स्वरुप नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ संगै प्रमाणपत्र र मेडल प्रदान गरिएको आयोजक हाईकिङ ग्रुपका सस्थापक तथा संयोजक भीषण राईले बताए ।
नेपालमा यस प्रकार सम्भवत पहिलो खेलले युवा सशक्तीकरण,मेलमिलाप र आपसी सदभाव बढाउने आयोजकले बताएको छ। यस बाहेक बृहत बराहक्षेत्रको पर्यटनमा यो खेलले थप टेवा पुग्ने संयोजक राईले बताए ।
प्रतियोगितामा चक्रघट्टी, कालाबन्जर लगायत स्थान वाट करिब ७५ जनाले भाग लिएका थिए ।
















मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया