बिहीबार, चैत १९, २०८२

भारतका कोहली बने एकै विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी

मेरोन्यूज २०८० कार्तिक २९ गते १७:२०

काठमाडौं । भारतका शिर्षक्रमका ब्याटर विराट कोहली एकै विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध ८० रन बनाएसँगै उक्त कीर्तिमान बनाएका हुन् । कोहलीले जारी विश्वकपमा १० खेलमा ६ सय ८० रन बनाइ सकेका छ्न् । यश अघि एकै विश्वकपमा सचिन तेन्तुलकरले २००३ को विश्वकपमा ६ सय ७३ रन बनाएका थिए ।

अस्ट्रेलिया म्याथु हेडनले २००७ को विश्वकपमा ६५९ र रोहित शर्माले २०१९ मा ६ सय ४८ रन बनाएका थिए ।

वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४० ओभरमा १ विकेट गुमाउदै २ सय ८९ रन बनाएको छ । कोहली ९७ र श्रेयस ऎर ६२ रनमा खेलेका छन् ।

प्रतिक्रिया