तपाईको आजको राशिफल कस्तो छ ??

आज २०८० कार्तिक ३० बिहिवार। कार्तिक शुक्ल तृतिया,पञ्चाङ्गस् सुकर्मा गर मूल , तिहार बिदारअन्तर्राष्ट्रिय सहनशीलता दिवस
नेपाल संवत ११४३ । नोभेम्बर १६ तारिख २०२३
आज तपाईको राशिफल यस्तो छ–
मेष : आज कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
वृष : मनमा निराशा र शरीरमा आलस्य आउन सक्छ । कार्यमा बाधा आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । खर्च बढ्ने छ ।
मिथुन : आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । शत्रु पनि क्षय होलान् ।
कर्कट : आज अतिथिको रूपमा सत्कार पाइन सकिनेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला ।
सिंह : जोशजाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मनमा प्रसन्नता छाउने छ ।
कन्या : आज सानातिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्य क्षेत्रमा सजगता अपनाउनु उचित हुनेछ । काम बिगार्नेको सक्रियता पनि रहने देखिन्छ ।
तुला : शुभारम्भको चर्चा चल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । रोजगारको अवसर पनि मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
वृश्चिक : रोकिएका काम पुनः सुरु हुन सक्छन् । बुद्धिको उपयोगले जटिल कामसमेत सम्पादन हुन सक्छ, तर लत्ता कपडामा खर्च बढ्न सक्छ ।
धनु : लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । परिवार सँग रमाइलो भेटघाट हुनेछ ।
मकर : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आँटेको काममा बाधा हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।
कुम्भ : आज वैदेशिक कार्य अघि बढ्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । ब्यापार व्यवसायबाट आम्दानी पनि हुनेछ ।
मीन : आज आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया