दिमाग खराब’ टिमले मंगलबारसम्म प्रदर्शन नरोक्ने, मंसिर ५ मा अर्काे वार्ता
मेरोन्यूज
२०८० कार्तिक ३० गते १८:००

काठमाडौं । फिल्म ‘दिमाग खराब’ टिमले आगामी मंगलबारसम्म फिल्म प्रदर्शन नरोक्ने भएको छ।
नेपाल चलचित्र संघ र फिल्म टिमबीच मंसीर ५ गते वार्ता बस्ने सहमती भएसँगै निर्माण टिमले प्रदर्शन नरोक्ने जानकारी दिएको हो।
आज निर्माण टिमको मागलाई लिएर नेपाल चलचित्र संघसँग बैंठक बसेको थियो।
बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमा आएका निर्देशक निश्चल बस्नेतले हलहरूले विभेद गरेको भन्दै माग पूरा नभए शुक्रबारबाट चलचित्र प्रदर्शन रोक्ने चेतावनी दिएका थिए।
‘दिमाग खराब’ टिमले विदेशी चलचित्र बराबर नै शो पाउनुपर्ने र आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने दुईवटा शर्त अघि सारेको छ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया