सोमबार, चैत ३०, २०८२

गीतकार संगीतकार अग्नि पराजुलीको ‘मेरो माया मा’ चर्चामा

मेरोन्यूज २०८० मंसिर १ गते १९:३७

काठमाडौं । लोकप्रिय गीतकार तथा संगीतकार अग्नि पराजुलीको नयाँ गीतको म्यूजिक भिडियो ‘मेरो माया मा’ चर्चामा रहेको छ। अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतको उत्थानमा समर्पित श्रस्टा अग्नि पराजुलीको दर्जनौं गित र म्यूजिक भिडियोहरु चर्चामा रहेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

गायिका रोशा फुयालको सुमधुर स्वरमा सजिएको गित ‘मेरो माया मा’ मोडल अर्जुन खड्का र गायिका रोशा फुयाललाइ भिडियोमा फिचर्ड गरिएको छ।

सार्बजनिक भिडियोलाइ सनम तामाङले छायांकन गरेका हुन् भने निर्देशक संजिला सुमित्राको निर्देशन तथा कोरियोग्राफी रहेको छ। म्यूजिक भिडियोलाई गीतको भाब अनुसार उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ

प्रतिक्रिया