हुम्लामा गोल्डकप प्रतियोगिता हुने

सिमकोट (हुम्ला) । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप आयोजना हुने भएको छ ।
हुम्ला फुटबल एकेडेमीले आयोजना गरेको जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजेता टिमले रू दुई लाख एक सय एघार राशिको पुरस्कार प्राप्त गर्नेछन् ।
हालसम्मकै सर्वाधिक पुरस्कार राशिको उक्त प्रतियोगिता मङ्सिर ४ गतेदेखि सञ्चलन हुने हुम्ला फुटबल एकेडेमीका जिल्ला अध्यक्ष विष्णुबहादुर रावतले जानकारी दिए । उनका अनुसार गोल्डकप विजेताले रू दुई लाख एक सय ११ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले रू एक लाख एक सय ११ प्राप्त गर्नेछन् । यही मङ्सिर १ गतेदेखि आज साँझ ४ बजेसम्म टिम दर्ताको समय तोकिएको उनको भनाइ थियो ।
अध्यक्ष रावतले भने, “खेल मैदानको केही मर्मत गर्नुपर्ने भएकाले दुई दिन अघि हुने भनिएको खेल स्थगन गरी मङ्सिर ४ गतेदेखि सञ्चालन गर्ने तयारी भएको हो ।” उनका अनुसार हालसम्म सात वटा क्लबले प्रतियोगिताका लागि दर्ता गराएका छन् ।
प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडी गोलकिपर, डिफेण्डर, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडी र अनुशासित टिमलाई पुरस्कारको व्यवस्था गरिएको रावतले बताए । प्रत्येक प्रतिगोगितामा ‘म्यान अफ द म्याच’को व्यवस्था पनि गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि रू २० लाख लाग्ने अनुमान आयोजकले गरेको छ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया