आज यी प्रदेशमा छ हिमपातको सम्भावना
मेरोन्यूज
२०८० मंसिर ५ गते ७:०८

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने भएता पनि कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक- स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति लुम्बिनी प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहे पनि राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित
















बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया