मंगलबार, माघ २७, २०८२

बारामा मेलाको विषयमा झडप, प्रहरीद्वारा आठ राउन्ड गोली फायर

मेरोन्यूज २०८० मंसिर ५ गते १०:१९

बारा । बारा जिल्लामा मेला लगाउने मेलाको विषयमा झडप हुँदा प्रहरीले आठ राउन्ड गोली फायर गरेको छ ।

मेलाका विषयमा दुई पक्षबिच विवाद हुँदै झडप भएपछि प्रहरीले भीडलाई तितरबितर पार्न प्रहरीले सोमबार राति ८ राउन्ड गोली फायर गरेको हो ।

सोमबार राति करिब १० बजे जिल्लाको पचरौता नगरपालिका–७ बेनौलीमा झण्डा मेला लगाउने विषयमा गाउँका दुई पक्ष गरी सयौँ मानिसबिच विवाद भएको थियो ।

यस क्रममा ढुंगामुढा हानाहान तथा झडप समेत हुँदा उक्त स्थानमा तत्काल प्रहरी टोली खटाउँदा अवस्था तनावग्रस्त रहेको र केही व्यक्ति घाइते समेत भएकाले झडपलाई सामान्य बनाउन करिब ११ बजे प्रहरीले दुई राउन्ड गोली हवाईफायर गरी भीडलाई तितरबितर बनाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने बताए ।

दुई राउन्ड गोली हवाईफायर गरिसके पछि करिब ११ः४५ बजे पुनः झडप सुरु हुँदा प्रहरीले सुरुमा ५ राउन्ड र त्यसपछि १ राउन्ड गरी जम्मा आठ राउन्ड गोली हवाईफायर गरेको न्यौपानेले बताए ।

उक्त फायर पछि मात्रै स्थिति सामान्य बनेको उनको भनाई छ ।

झडपमा ढुंगा हानाहान हुँदा दुईजना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा पचरौता–७ बस्ने ४० वर्षीया लक्ष्मी पटेल र सोही स्थान बस्ने ४२ वर्षीया चण्डीका पटेल रहेका छन् ।

प्रतिक्रिया