सदन र सडकबाट अब एमालेको जनविद्रोह !
झुलाघाटबाट चिवाभञ्ज्याङ पुगेर फर्केपछि सरकार फेर्न आन्दोलन चर्काउने ओलीको संकेत

काठमाडौं । जनविद्रोह शब्द सुन्दा मात्रै पनि विगतमा यो माओवादीहरुले धेरै बोल्ने गरेको शब्द मध्येको एक हो । ठिक त्यही शब्द अहिले एमालेले पनि बोल्न थालेको छ । त्यो पनि अध्यक्ष केपी शर्मा ओलीले ।
एमाले अध्यक्ष ओलीले आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा जनविद्रोहमा अब एमाले जनुपर्ने हुनसक्ने भन्दै नेताहरुको ध्यानआर्कष्ट गरेका थिए ।
संघीय सरकार देखि प्रदेश सरकारसम्म सत्ताबाहिर रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब सदन देखि सडक सम्म जनविद्रोह गर्ने बताएको छ । आज बसेको एमाले केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आगामी १४ मंसिरदेखि तीन साता चल्ने झुलाघाट–चिवाभञ्ज्याङ सम्मको पार्टी अभियान सकेर आएपछि सदन देखि सडकसम्म जनविद्रोह गर्ने बताएका हुन् ।
उनले सरकारका गतिविधिले अहिले ब्यवस्था विरोहीहरुले चलखेल गर्न थालेको र सरकारको असन्तुष्टिले ब्यवस्था नै बदल्ने गरि प्रतिक्रियाबादीहरुले उपयोग गर्न थालेकोले पनि सदन र सडकको जनविद्रोहले सरकार बदल्ने, अहिलेको कांग्रेस माओवादीसहितको गठबन्धन तोडने र नयाँ सरकार निर्माण गरि छाडने गरी एमाले अगाडी बढ्ने संकेत गरेका हुन् ।
झुलाघाटबाट चिवाभञ्ज्याङ पुगेर फर्कदा पुसको मध्य हुने र त्यसपछि पार्टीको तत्कालै केन्द्रीय समिति बैठक राखेर सदन र सडकको आन्दोलन चर्काउने संकेत ओलीले आजको केन्द्रीय समिति बैठकमा गरेको एमालेका एक जना केन्द्रीय सदस्यले बताएका छन् ।

उनका अनुसार, त्यस्तो आन्दोलनका बारेमा ओलीले जनआन्दोलनमा एमाले जानुपर्ने हुनसक्ने बुधबारको केन्द्रीय समिति बैठकमा संकेत गरेका हुन् ।
‘मध्य पहाडी लोकमार्गको अभियानलाई जनआन्दोलनकै वार्मअपका रुपमा विकास गर्नुपर्ने भयो, जनसंगठनहरुको आन्दोलन पनि अब रोक्नुहुन्न’, ओलीको भनाइ उदृत गर्दै ती नेताको भनाई थियो, ‘अभियान सकेर आएलगत्तै आगामी पुस तेस्रो साता केन्द्रीय कमिटी बैठक बसेर जनआन्दोलनबारे निर्णय गर्नुपर्ने हुनसक्छ । जनशक्तिको परिचालन, जनबलको प्रयोग गरेर जानुपर्ने हुन सक्छ ।’
ओलीले सुरुमा जनवर्गीय संगठनलाई सडकमा उतार्ने र लगत्तै पुस तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकपछि पार्टी नै आन्दोलनमा उत्रने संकेत गरेका हुन् । त्यस्तै अबको हिउँदे अधिवेशनमा पनि सदनमा पनि पार्टीले विद्रोह बोल्ने गरि आवाज उठाउने संकेत गरेका हुन् ।
उनले भोलि (बिहीबार) युवा–विद्यार्थीले गर्ने जनप्रदर्शनबाटै सडक आन्दोलनको यात्रा सुरु हुने र लगातार थप कार्यक्रम जवस मोर्चाले दिएर रिहर्सल गरिरहेने बताएका हुन् ।
जनआन्दोलन सफल बनाउन पार्टी सक्रियतापूर्वक लाग्छ । त्यो जनविद्रोह सत्ता बदलिएर टुंगिन्छ’ ओलीको भनाई थियो, ‘अब गठबन्धन तोडिन्छ र अर्को सरकार बन्छ भने जनता सडकमा आइरहनु परेन । विद्रोहको एउटै रुप त हुँदैन नि !’

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।















EU warns Spain’s migrant regularization must not affect block
स्कोडा कायलाक नेपालमा सार्वजनिक
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
PM Karki to present Film Bill at NA meeting today
Jeep driver dies, three receive injury in accident
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया