शुक्रबार, माघ २३, २०८२

न्याय पाएकामा दङदास मैयाँ नेपाली

मेरोन्यूज २०८० मंसिर ८ गते २१:०१


लेखनाथ (कास्की) । जातीय दुव्र्यवहार तथा छुवाछुतसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीले गरेको फैसलाबाट पोखरा महानगरपालिका–२४ की वडा सदस्य मैयाँ नेपाली दङदास छिन् ।

कास्की जिल्ला अदालतको फैसलाको विषयलाई लिएर संयुक्त दलित सङ्घर्ष समिति कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वडा सदस्य नेपालीले उक्त मुद्दामा आफूले न्याय पाएको बताइन् ।
पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले जातीय दुव्र्यवहार गरेको भन्दै उनले २०७९ पुस २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिइन् ।

पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद, रु ७५ हजार जरिवाना र रु १० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

प्रतिक्रिया