कोरोनाबाट मृत्यु भएकी चालिसेका छोराको पढाइको जिम्मा स्वास्थ्यमन्त्री बस्नेतले लिने

काठमाडौँ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले लिएका छन् । चालिसे कोरोना महामारीबाट मृत्यु हुने पहिलो नेपाली थिए ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चेकी चालिसेको सुत्केरी भए लगत्तै कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । विसं २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनका थिए । सफलको पढाइको जिम्मा लिएसँगै मन्त्री बस्नेतले उनलाई आज टोखा नगरपालिका-९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका हुन् ।
उनले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज रु ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे । मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाइ खर्च आफूले बेहोर्ने बताए। मृतकका पति विमल चालिसेले मन्त्री बस्नेतको सहयोगप्रति आभार व्यक्त गरे ।
मन्त्री बस्नेतले तत्कालीन समयमै सावित्रीको मृत्यु लगत्तै शिशुको पढाइको जिम्मा लिने घोषणा गरेका थिए।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया