मंगलबार, माघ २७, २०८२

अनलाइन जुवा खेलाएर ठगी गरेको आरोपमा पक्राउ

मेरोन्यूज २०८० मंसिर १२ गते १९:२२

काठमाडौं । अनलाइन जुवा खेलाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने राजु रेग्मीको छोरा वर्ष २६ को आकाश रेग्मी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार अनलाइनमार्फत बाजी राख्न लगाइ सट्टाबाजी गराइ खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

उनीसहित म्याकबुक प्रो एक थान, राउटर एक थान, आइफोन मोबाइल, हार्ड ड्राइभ, एर युनिट, अमेरिकी डलर एक सय दरको तीन थान र दुई लाख २४ हजार रुपियाँ नेपाली नगद बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया