शनिबार, चैत २१, २०८२

एसीसी यू–१९ एसिया कप : गुल्सन झासहित १४ सदस्यीय टोली घोषणा (सूचीसहित)

मेरोन्यूज २०८० मंसिर १२ गते २०:३७

काठमाडौं । एसीसी यू–१९ एसिया कपका लागि नेपाली क्रिक्रेट टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो।

Advertisement
nepal life insurencenepal life insurence

एसीसी यू १९ एसिया कप आगामी मंसिर २२ गतेदेखि हुँदैछ ।

एसीसी यू–१९ प्रिमियर कप विजेता टोलीबाट ३ खेलाडी परिवर्तन गर्दै मंगलबार टोली घोषणा गरिएको हो। एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

टोलीको कप्तानमा देव खनाल नियमित छन्। राष्ट्रिय टोलीका अलराउन्डर गुलशन झासँगै स्पिनर तिलकराज भण्डारी र ब्याटर विपिन रावल टोलीमा समावेश भएका छन्।

नेपालले मलेसियामा सम्पन्न एसीसी यू १९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो। प्रिमियर कपबाट यूएई र जापानले पनि स्थान बनाएका थिए। यी दुवै टोली समूह ‘बी’ मा छन्।

एसिया कपपछि नेपालले आगामी जनवरी–फेब्रुअरीमा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्नेछ। यू–१९ विश्वकपमा नेपाल रहेको समूहमा न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन्।

एसिया कपलाई नेपालले यू–१९ विश्वकपको तयारीका रुपमा लिएको छ। एसिया कप यसअघि पाकिस्तानमा हुने भनिए पनि भारत जान नमानेपछि संयुक्त अरब इमिरेन्ट्स (यूएई)मा हुन लागेको हो।

यी हुन् नेपालको अन्तिम टोली
देव खनाल (कप्तान),

अर्जुन कुमाल,

आकाश त्रिपाठी,

दीपक डुम्रे,

हेमन्त धामी,

गुलशन झा,

दीपेश कंडेल,

विशाल विक्रम केसी,

सुभाष भण्डारी,

दीपक बोहोरा,

उत्तम रंगु थापा मगर,

विपिन रावल,

तिलक राज भण्डारी,

आकाश चन्द।

प्रतिक्रिया