सुत्केरीको मृत्युपछि आफन्तद्वारा आम्दा अस्पतालका मेसुमाथि कुटपिट
मेरोन्यूज
२०८० मंसिर १३ गते १०:३३

बुटवल । सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तहरूले आम्दा अस्पतालका मेसुमाथि कुटपिट गरेका छन् ।
सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि कुटपिट गरेका हुन् ।
मंगलबार गुल्मी ठुलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटी दोस्रो बच्चा सुत्केरी गराउन अस्पतालमा आएकी थिईन् ।
उनको सुत्केरी गराउने क्रममा मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।
कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको छ । इलाका प्रहरी कार्यालय बुटवलमा हातपात गर्ने ७ जनालाई नियन्त्रण लिएको जनाएको छ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया