केपी ओली कप क्रिकेटको फाइनल आज, आर्मी र मधेसबिच प्रतिस्पर्धा
मेरोन्यूज
२०८० मंसिर १५ गते १०:१७

पोखरा । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश भिड्ने भएका छन् ।
खेल आज पोखरा रङ्गशाला स्थित क्रिकेट मैदानमा हुनेछ । खेल आज मध्यान्ह साढे १२ बजेबाट हुनेछ ।
आर्मी सेमिफाइनलमा बागमतीलाई हराएर फाइनलमा पुगेको हो भने मधेसले एपीएफलाई पराजित गरेर फाइनलमा यत्रा सुनिश्चित गरेको थियो ।
मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजनामा गरेको प्रतियोगिताका विजेताले ५ लाख पाउनेछन् भने उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ टिमको सहभागिता थियो ।
म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ नगद पाउने आयोजकले जनाएको छ ।
सम्बन्धित
















उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया