दसैंमा नबिकेका च्याङ्ग्रा खाद्यले राख्यो लिलामीमा
मेरोन्यूज
२०८० मंसिर १५ गते ९:४८

काठमाडौं । खाद्यले दसैं तिहारमा नबिकेको च्याङ्ग्रा लिलामीमा राखेको छ । त्यसका लागि उसले टेन्डर आह्रवान गरेको छ ।
थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंमा नबिकेको च्याङ्ग्रा लिलामीका लागि शुक्रबार सार्वजनिक सूचना प्रकशित गरेर टेण्डर आह्वान गरेको हो।
उपभोक्तालाई सहुलियतमा बेच्नका लागि कम्पनीले दशैंमा च्याङ्ग्रा किनेको थियो। यसपालि च्याङ्ग्राप्रति उपभोक्ताको आकर्षण नदेखिएपछि उसले भाउ समेत घटाएको थियो।
भाउ घटाउँदासमेत बिक्री नभएपछि जिउँदो च्याङ्ग्रा एकमुष्ट लिलामी गर्न लागेको हो।
कम्पनीले इजाजत प्राप्त फर्म, संस्था, कम्पनी वा व्यक्तिलाई पुस १ गतेसम्म सिलबन्दी दरभाउपत्र पेस गर्न भनेको छ।
बोलपत्र धरौटीका लागि ७५ हजार र न्युनतम कबोल दर प्रतिकेजी १ हजार १२५ रुपैयाँ तोकिएको छ।
हेर्नुहोस् सूचना

सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
प्रतिक्रिया