शिवम् होल्डिब्स लिमिटेडले आईपिओ निष्कासन गर्ने

काठमाडाैं । शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिबग्स लिमिटेडलेसर्वसाधारणको लागि आई.पि.ओ. निष्कासन गर्ने भएको छ ।
जारी पूंजी रु. ५ अर्व ८० करोडको २० प्रतिशतबराबर हुने रु. १०० का दरको १,१६,००,००० (एक करोड सोह्र लाख) थान साधारण शेयरहरु सर्व साधारणहरुकालागि नेपाल धितोपत्र वोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
शिवम् होल्डिबस् लिमिटेडका संचालक अध्यक्ष श्री शिवरतन शारदाज्यूको उपस्थितीमा श्री सिद्धार्थ क्यापिटललिमिटेडसंग शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरेको छ ।उपयुक्त सम्झौता अनुसार कम्पनीले सर्व साधारणमा शेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–सानापूँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पु¥याउदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ ।
शिवम् होल्डिबग्स २०७१ सालमा प्रा.लि. कम्पनी अन्तरगत दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमानियमानुसार परिणत भएको कम्पनीले नेपालको सबै भन्दा ठूलो सिमेन्ट तथा किलबकर उत्पादन क्षमता भएकोअत्याधुनिक प्रविधियुक्त ग्रिनफिल्ड उद्योग, जुन उद्योगले वेष्ट हिटको उपयोग गरि करिव १२ मेघावाट विद्युतसमेत उत्पादन गरी आफ्नै उद्योगमा प्रयोग गर्दै आएको र कन्भेयरवेल्टबाट चुनढुंगा ढुवानी गर्न सुबमार्ग समेत निर्माण गरिरहेको चिनिया विदेशी लगानी समेत रहेको श्री होबशी शिवम्सिमेन्ट प्रा. लि., विनयी त्रिवेणी गाँउपालिका सर्दि,पूर्वी नवलपरासीमा अवस्थित कम्पनीमा ३० प्रतिशत शेयर रहेको उक्त उद्योग विगत ५ वर्षदेखि पूर्ण संचालनमा रहेको प्रोजेक्टमा ठूलो रकम लगानी गरेको छ र उक्त शेयर लगानी गरेको कम्पनीबाटप्रतिफलसमेत प्राप्त गर्न शुरु गरिसकेको छ ।
यस शिवम्होल्डिबग्स लिमिटेडको अधिकृत तथा जारी पूँजी रु. ५ अर्व ८० करोड मध्ये संस्थापकहरु तर्फ ८०प्रतिशत अर्थात रु. ४ अर्व६४ करोड र सर्व साधारण तर्फ रु. १ अर्व १६ करोड शेयर पूंजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो । यस कम्पनीका संस्थापकहरुमा शिवम्सिमेन्ट्स लिमिटेडको संस्थागत शेयर लगानी करिव ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा सफल रहनु भएका व्यक्तिहरुको व्यक्तिगत करिव १५प्रतिशत शेयर लगानी रहेको छ ।
यस कम्पनीले आफ्नो शेयर रकम लगानी गरेको संस्थाबाट विगत २ वर्षदेखि मुनाफा समेत प्राप्त गरेको छ भने शेयर जारी गरी सवर्सााधारणबाट संकलन हुने प्रिमियम मूल्य सहितकोरकम अन्य उपयुक्त परियोजनाहरु जस्तै हाइड्रोपावर, बैंक वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फाष्ट्रक्चरकापरियोजना तथा अन्य उद्योग लगायतका क्षेत्रमा समेत शेयर लगानी विस्तार गर्ने योजना रहेको व्यहोरा सम्बन्धित सारोकारवालाहरुलाई यसै विज्ञप्ती मार्फत जनाइएकोछ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया