चौथो टी–२० मा अस्ट्रेलियालाई हराउँदै भारतले लियो अग्रता
मेरोन्यूज
२०८० मंसिर १६ गते १०:२७

काठमाडौँ । टी–२० सिरिजको चौथो खेलमा अस्ट्रेलियालाई २० रनले हराउँदै भारतले अग्रता लिएको छ। योसँगै भारतीय टोलीले सिरिजमा ३–१ को अग्रता बनाएको छ।
रायपुरस्थित सहिद वीरनारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो।
पहिले ब्याटिङ गरेको भारतले १७४ रन बनाएको थियो। जवाफमा अस्ट्रेलियाको टोली १ सय ५४ रनमा आउट भए सँगै सिरिज हारेको थियो।
भारतका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए। यशस्वी जैसवालले ३७ र जितेश शर्माले ३५ रनको योगदान दिए।
रुतुराज गायकवाड ३२ रन बनाएर आउट भए।
अस्ट्रेलियाका लागि बेन डावरिसले ३ तथा तनवीर संघा र जेसन बेहरेनडर्फले २–२ विकेट लिए।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया