दोलखामा बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा गएराति शिकार खेल्न गएका एक युवकको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय सञ्जिव सार्की छन् ।
देब्रे छातीमा छर्राले लागेर गम्भीर घाइते भएका सञ्जिवको तामाकोशी सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि राति नै उनलाई चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल लगिएको थियो।
अस्पताल भर्ना लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको दोलखा प्रहरीले जनाएको छ ।
सञ्जिवको मृत्यु भएपछि उनीसँगै सिकार गएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही ठाउँका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय सञ्जिव पोख्रेल र तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्की छन्।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
तामाकोशी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त
नेकपाको प्रतिबद्धता : ५ लाखलाई रोजगारी, १० प्रतिशत आर्थिक वृद्धि
नेपाली कम्युनिष्ट पार्टीकाे ‘प्रतिबद्धतापत्र’ सार्वजनिक
सरकारले आय–व्ययको अनुमान घटायो
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
प्रतिक्रिया