कोशी प्रदेशका मन्त्रीहरुको जिम्मेवारी तोकियो
मेरोन्यूज
२०८० मंसिर १७ गते १४:२०

काठमाडौं । कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ ।
आइतबार मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् ।
कार्कीले शनिबार मन्त्रालय तोकेर प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष सिफारिस गरेका थिए।
यस्तै आर्थिक मामिला, कृषि तथा सहकारी, सिँचाइ तथा उर्जा र स्वास्थ्य मन्त्रालय भने मुख्यमन्त्री कार्कीकै जिम्मामा छ।
सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
प्रतिक्रिया