कर्कटका लागी आजकाे दिन विशेष, अन्य राशिकाे कस्ताे छ दिन ?

आज २०८० साल मंसिर १९ गते मंगलवार । मंसिर कृष्ण अष्टमी । पञ्चाङ्ग: विषकुम्भ बालव पूर्व । डिसेम्बर ५ तारिख २०२३ ।
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : आज राजनैतिक क्षेत्रका व्यक्तिले सफलता र प्रशंसा पाउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ ।
वृष : आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।
मिथुन : धार्मिक कार्य सफल हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।
कर्कट : आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।
सिंह : आफ्नो प्रयासबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।
कन्या : परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, तर सहयोगी र नातागोताको साथ मिल्नेछ । वैदेशिक काम पनि बन्न सक्छ ।
तुला : सम्मान र प्रतिष्ठा प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
वृश्चिक : आज समाज र राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनसक्छ ।
धनु : आज कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कमहरू आगाडि बढ्नेछ । व्यापारबाट भने सोचेजस्तो लाभ नमिल्न सक्छ ।
मकर : आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
कुम्भ : आज नयाँ कार्यको योजना या थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । सहयोगीहरूको राम्रो साथ पनि मिल्नेछ ।
मीन : ठीक समयमा सही निर्णय लिन सकिनेछ । स्व अध्ययन अध्यापनमा सफलता मिल्नेछ । टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनेछ ।
















टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया