आजकाे तपाईंको राशिफल यस्ताे छ

आज २०८० साल मंसिर २० गते । बुधवार मंसिर कृष्ण नवमी । पञ्चाङ्ग: प्रीति तैतल उत्तर । डिसेम्बर ६ तारिख २०२३ ।
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : धार्मिक कार्य प्रति अग्रसर भइनेछ । शारीरिक आलस्यता उत्पन्न होला । बाह्य व्यक्तिसँग सहकार्य नगर्नुहोला ।
वृष : अध्ययनको शिलशिलामा स्थान परिवर्तन होला । माता पिताको साथ प्राप्त होला । पुत्र प्राप्तीको योग रहला ।
मिथुन : अरूको आश्वासनमा नफस्नुहोला । गणेश भगवानको आरधना गरेर काममा अगाडि बढ्नुहोला ।
कर्कट : पैतृक सम्पत्ति विवाद हट्नेछ । खेलकुदमा सफल बनिनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त होला ।
सिंह : सामाजिक रूपमा सम्मानित बनिनेछ । हड्डी सम्बन्धी समस्या उत्पन्न होला । काममा संयमता अपनाउनुपर्ला ।
कन्या : परीक्षाफल राम्रै आउनेछ । धेरै समयदेखि रोकिएको काम सुरुवात हुनेछ । आफ्नो कलाको प्रभाव बढ्नेछ ।
तुला : साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । राजनीतिक वितृष्णा उत्पन्न होला । समाजसेवी व्यक्ति बनिनेछ ।
वृश्चिक : शुभ समाचार प्राप्त होला । सवारी साधन खरिदको योग छ । साझेदारीयुक्त कार्य शुभ रहला ।
धनु : वित्तीय संस्थाबाट सहयोग प्राप्त होला । व्यापारमा नयाँ लगानी हुनेछ । यात्रामा व्यवधान उत्पन्न होला ।
मकर : सहकर्मी बीच विवाद निम्त्यनेछ । मनमा द्विविधाले सताउनेछ । खराब साथी संगती छुटेर जाला ।
कुम्भ : चलाखीपूर्ण रुपमा अरुको मन जितिएला । अधुरा कामलाई अगाडि बढाइएला । अनावश्यक खर्च वृद्धि होला ।
मीन : घरायसी समस्या समाधान होला । मित्र बन्धुबाट साथ सहयोग मिल्नेछ । अरुको नजरमा सकारात्मक बनिनेछ ।








धोबिखोलामा साइकलसहित एक व्यक्ति मृत फेला
धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना
पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय (भिडियाे)
प्रतिक्रिया