तराई मधेशमा हुस्सु कुहिरो, काठमाडौँको तापक्रम कति ?

काठमाडौं । आज बिहानै देखी काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा बादल लागेको छ । त्यस्तै लुम्बिनी प्रदेश, मधेश प्रदेशसहितका पूर्वी तराईमा हुस्सु कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार अहिले लागेको बादल र हुस्सुरकुहिरो विस्तारै हट्दै जाने पूर्वानुमान छ । अहिलेको अवस्था क्रमिक रुपमा सुधार हुँदै घाम लाग्ने बताएका छन् ।
बादल लागेकै कारण काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पारदर्शिता ५ किलोमिटर रहेकाले हवाई जहाजको उडान,अवतरण प्रभावित भएको छैन ।
मौसमविद पुडासैनीका अनुसार आज पानी पर्ने सम्भावना रहेको छैन्, ‘अहिले काठमाडौं लगायतका देशका पहाडी भागमा आंशिक बदली छ । पूर्वी तराई, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हुस्सु पनि लागिरहेको छ,’ ‘आज वर्षाको सम्भावना भने छैन । अहिले कुनै पनि ठाउँमा वर्षा भएको जानकारी पनि छैन ।’ उनले भने, ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि तीन दिनसम्म कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।
काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस
आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको छ । यसअघि काठमाडौंको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियससम्म पुगेको थियो ।
आज बिहान पौने आठ बजेको काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ । आज दिउँसो काठमाडौं उपत्यकाको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।








सुनचाँदीको मूल्यमा सामान्य गिरावट
आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै
बाजुरामा सात मतदानस्थल थपिए
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय (भिडियाे)
प्रतिक्रिया