तराई मधेशमा हुस्सु कुहिरो, काठमाडौँको तापक्रम कति ?

काठमाडौं । आज बिहानै देखी काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा बादल लागेको छ । त्यस्तै लुम्बिनी प्रदेश, मधेश प्रदेशसहितका पूर्वी तराईमा हुस्सु कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार अहिले लागेको बादल र हुस्सुरकुहिरो विस्तारै हट्दै जाने पूर्वानुमान छ । अहिलेको अवस्था क्रमिक रुपमा सुधार हुँदै घाम लाग्ने बताएका छन् ।
बादल लागेकै कारण काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पारदर्शिता ५ किलोमिटर रहेकाले हवाई जहाजको उडान,अवतरण प्रभावित भएको छैन ।
मौसमविद पुडासैनीका अनुसार आज पानी पर्ने सम्भावना रहेको छैन्, ‘अहिले काठमाडौं लगायतका देशका पहाडी भागमा आंशिक बदली छ । पूर्वी तराई, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हुस्सु पनि लागिरहेको छ,’ ‘आज वर्षाको सम्भावना भने छैन । अहिले कुनै पनि ठाउँमा वर्षा भएको जानकारी पनि छैन ।’ उनले भने, ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि तीन दिनसम्म कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।
काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस
आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको छ । यसअघि काठमाडौंको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियससम्म पुगेको थियो ।
आज बिहान पौने आठ बजेको काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ । आज दिउँसो काठमाडौं उपत्यकाको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया