संकटमा नेपाल, भारतविरुद्ध २१ रनमै गुमायाे ६ विकेट

काठमाडौं । यू-१९ एसिया कप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध ब्याटिङ गरिरहेको छ।
दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
जारी खेलमा नेपालले दशाैं ओभरमा ६ विकेट गुमाएको छ।
नेपालले पाँचौ ओभरको दोस्रो बलमा नेपालका ओपनर दीपक बोहरालाई गुमाएको थियो । उनलाई भारतका राज लिम्बानीले १ रनमै आउट गरे।
यस्तै सातौं ओभरमा दोस्रो विकेटका रुपमा उत्तम थापा मगर शून्यमा राजबाटै बोल्ड भए।
तेस्रो विकेटको रुपमा ब्याटर अर्जुन कुमाल आराध्य शुक्लाको बलमा ७ रन बनाएर आउट भए। उनी २२ बलमा ७ रन बनाउँदै आउट भए ।
कप्तान देव खनाल नवौ ओभरकाे पाँचाैँ बलमा २ रन र दीपक डुम्रे छैटौं बलमा शून्यमा आउट भए। दुवैलाई राज लिम्बानीले पेभिलियन फर्काए ।
दशौं ओभरको पाँचौ बलमा गुल्सन झा ४ रनमा आराध्य शूक्लाको एलबिडब्लूको धरापमा परे। उनी आउट हुँदा नेपालले १० ओभरमा ६ विकेट गुमाउँदा २१ रन मात्र जोडेकाे छ ।
समूह ‘ए’ मा रहेको भारत र नेपाल दुबैले आज समूह चरणको अन्तिम खेल खेल्दै छन्।
यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो ।
नेपाल यसअघि भएको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया