सम्पत्ति शुद्धीकरण विभागमा खाँणले बुझाए १५ लाख धरौटी

काठमाडौँ । कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लागिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतपाटनको आदेश अनुसार ३० लाख धरौटीमा छुटेका खाँणलाई आजै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लागिएको थियो । विभागले खाँणसँग १५ लाख रुपैयाँ धरौटी मागेपछि सो रकम बुझाएसँगै उनलाई अख्तियार लागिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्नुपर्ने प्रहरीले राय दिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणलाई उपस्थित गराउन यसअघि नै सम्पत्ति शुद्धीकरण र अख्तियारले केन्द्रीय कारागारमा पत्र पठाएका थिए । यसैले खाँणमाथि विभाग र अख्तियारले पुन : अनुसन्धान गर्ने छन् ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया