सन् २०२४ मा सात वटा अन्तरमहादेशीय मिसाईल प्रक्षेपण गर्ने योजनामा रूस

रूसले सन् २०२४ मा सातवटा अन्तर महादेशीय मिसाइल प्रक्षेपण गर्ने रणनितिक योजना बनाएको रूसी मिसाइल फोर्सका रणनीतिक कमाण्डर लेफ्टीनेन्ट जनरल सर्गेई काराकायेभले शुक्रबार बताएका छन् ।
रुसबाट प्रकाशित रेड स्टारसँगको अन्तरवार्तामा काराकायेभले पछिल्लो पाँच बर्षमा रूसी सेनाले प्ररीक्षण तथा तालिमका लागि २० वटाभन्दा बढी मिसाइल प्रक्षेपण गरेको बताए ।
काराकायेभले ओरेनवर्ग क्षेत्रको यास्नीपूर्वाधार प्रयोग गरी परीक्षण गरिएको बताउँदै आगामी वर्ष थप सात वटा प्रक्षेपण गर्ने योजना रहेको उल्लेख गरे।
रूस तथा संयुक्त अमेरिकाबीच अन्तरदेशीय मिसाइल र पन्डुबीहरू प्रक्षेपणको योजनाका विषयमा सुचना आदानप्रदान जारी रहेको काराकायेभले बताएका छन् ।
उनका अनुसार रूस र अमेरिकाले एक अर्कोलाई प्रक्षेपणको विषयमा एक दिन अघि नै जानकारी प्रदान गर्ने प्रचलन रहेको छ ।
स्रोतका अनुसार पूर्व सोभियत सङ्घ तथा संयुक्त राज्य अमेरिकाबीच सन् १९८८ को सन्धिअनुसार क्षेप्यास्त्र परीक्षणको कम्तीमा २४ घण्टा अगाडि सूचना लिने दिने सम्झौता भएको थियो । सूचनाले प्रक्षेपणको मिति , स्थान तथा हतियारको प्रभावको बारेमा सङ्केत गर्दछ ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया