सामुदायिक विद्यालयलाई सघाउँदै युडब्ल्युएस

ताप्लेजुङ । युनाइटेड वल्र्ड स्कुल नेपाल (युडब्ल्युएस)ले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयलाई सघाउँदै आएको छ । यो संस्थाले ताप्लेजुङसहित तीन जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयको गुणस्तर सुधार तथा भौतिक संरचना निर्माणमा सघाउँदै आएको हो ।
विगत दुई वर्षदेखि ताप्लेजुङका तीन स्थानीय तहलाई कार्यक्षेत्र बनाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै आएको उक्त संस्थाले हालसम्म पाँचवटा समुदायिक विद्यालयको भवन निर्माणसम्पन्न गरेको छ ।
अबको तीन वर्षमा ताप्लेजुङमा १५ वटा सुविधासम्पन्न भवन निर्माण गर्ने योजना रहेको संस्थाका अध्यक्ष खेमराज खड्काले बताए । आगामी पाँच वर्षभित्र ताप्लेजुङ, सङ्खुवासभा र गुल्मीमा ९० वटा सामुदायिक विद्यालय भवन निर्माण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय भवन, आकर्षक कक्षाकोठा, प्रविधिसहितको प्रशिक्षण, खेलकुदलाई संस्थाले प्राथमिकतामा राखेको छ ।
संस्थाले तीन जिल्लाका ७६ वटा विद्यालयमा पाँच सय नौवटा कक्षाकोठा निर्माण गरिसकेको जनाएको छ । विद्यालय शिक्षा सुधार अभियानअन्तर्गत सङ्खुवासभामा ५३, गुल्मीमा १८ र ताप्लेजुङमा पाँचवटा विद्यालय निर्माण भएका छन् । अभियानबाट तीन जिल्लाका १३ हजार नौ सय २८ बालबालिका लाभान्वित भएको संस्थाले दाबी गरेको छ ।
बेलायत सरकारको सहयोगमा आगामी पाँच वर्षसम्म यो कार्यक्रम निरन्तर कार्यान्वयनमा ल्याउने सो अवधिभित्रमा साझेदार दातृ निकायसँगको समन्वयमा कार्यक्षेत्र विस्तारसहितका योजना अघि बढाइने अध्यक्ष खड्काले बताए ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया