सर्वोच्चका लागि प्रस्तावित ६ न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन
मेरोन्यूज
२०८० पुष ४ गते १२:३४

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम मंगलबार बसेको सुनुवाइ समितिको बैठकले अनुमोदन गरेको हो ।
गत मङ्सिर २४ गतेदेखि सुनुवाइ भएका उनीहरू सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति पशुपतिशमशेर राणाले जानकारी दिए ।
उनीहरुमाथि गत शुक्रबारदेखि सुनुवाइ सुरु भए सोमबार सकिएको थियो । नाम अनुमोदनका लागि आज समितिको बैठक बोलाइएको थियो ।
सम्बन्धित
















पाकिस्तानमा सडक दुर्घटना: ४जना को मृत्यु, २७ घाइते
यामाहाको विवाह सिजन अफर ‘मायासँग मायाको यात्रा’ सार्वजनिक
अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
माधव नेपाल अस्पताल भर्ना
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया