कन्याका लागी आजकाे दिन विशेष,अन्य राशिकाे कस्ताेछ दिन?

आज २०८० साल पुष ५ गते बिहिवार। मंसिर शुक्ल नवमी । पञ्चाङ्ग: वरियान कौलव रेवती। डिसेम्बर २१ तारिख २०२३
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । भगवानको आशीर्वादले भने काम बन्नसक्छ ।
वृष : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।
मिथुन : आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।
कर्कट : आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।
सिंह : सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । दैनिकी काममा चुनौतीको सामना गर्नुपर्ला ।
कन्या : आज नयाँ र शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
तुला : रोकिएका काम पुनः सुरु हुन सक्छन् l सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।
वृश्चिक : आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । आर्थिक कारोबारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।
धनु : आज आँटेको कार्यमा बाधा आउन सक्छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन, तर धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
मकर : दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
कुम्भ : छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।
मीन : लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनसक्छ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । शुभ कार्यको चर्चा पनि चल्नेछ ।
















न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
प्रतिक्रिया