नेपाल प्रहरीका सई घिमिरे आफ्नै घरमा मृत अवस्थामा भेटिए
मेरोन्यूज
२०८० पुष ८ गते ११:४४

भक्तपुर । भक्तपुरमा एक जना प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन्।
सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल टौखेलस्थित आइतबार बिहान ७ बजे आफ्नो घरमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाले बताए।
४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन्। उनी नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए।
प्रहरी निरीक्षक ढुंगानाका अनुसार उनको मृत्युको कारण खुलिसकेको छैन। पोष्टमर्टमको लागि प्रहरीले शव अस्पतालमा लगेको छ।
सम्बन्धित
















मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
कुखुरामा देखियाे इकोलाईको समस्या
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया