नेपाल सुपर लिग : आज पोखरा र धनगढी भिड्दै

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा आज पोखरा थन्डर्सले साविक उपविजेता धनगढी एफसीको सामना गर्दैछ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । यो खेल सेमिफाइनल जस्तै हुनेछ ।
लिगका ८ खेलमा पोखराले चारमा जित, ३ खेलमा बराबरी र १ खेलमा हार भोग्दै १५ अंकमा शीर्ष स्थानमा रहँदै क्वालिफायरका लागि स्थान पक्का गरेको हो।
पोखराले यस सिजनमा सबैभन्दा सुरुमा प्लेअफमा स्थान बनाएको थियो र लिगमा ८ मध्ये ४ जित ३ बराबरी र १ हारको नतिजासहित १५ अंक जोडेर शीर्षमा रह्यो ।
उता धनगढी भने ३ खेलमा जित, ४ खेलमा बराबरी र १ खेलमा हार भोग्दै १३ अंकमा दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्न लागेको हो।
लिग चरणमा पोखरा र धनगढीबीच अन्तिम चरण अर्थात आठौं चरणमै खेल भएको थियो । खेल १-१ को बराबरीमा टुङ्गिएको थियो ।
यो खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीले भने उपाधि नजिक पुग्न अर्को मौका पाउनेछ।
यो खेलमा पराजित हुने टोलीले एलिमिनेटर खेलको विजेतासँग फाइनल पुग्नका लागि खेल्नेछ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया