प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले कर्णालीलाई दियो १ सय ३४ रनको चुनौती

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई जितको लागि एक सय ३४ रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनायो । लुम्बिनीका लागि सरस्वती गङ्गा मगरले सर्वाधिक ५३ रनको योगदान दिइन् । उनले ६२ बल खेल्दै सात चौकाको मद्दतमा ५३ रनको योगदान दिएकी हुन ।
त्यस्तै अस्मा पुलामी मगरले २५ रन जोडिन् । उनले २५ बल खेल्दै तीन चौकाको मद्दतमा २५ रन जोडेकी हुन् । त्यसैगरी चमेली चौधरीले २२ बलमा दुई चौकाको सहायताले १८ रन बनाइन् । लक्ष्मी चौधरीले चार रन बनाइन् भने सरस्वती पुन र सुस्मिता बजगाइँले समान तीन÷तीन रन बनाए ।
बलिङतर्फ कर्णालीका यमुना थारु, रस्मी खड्का र त्रिसना विश्वकर्माले समान एक÷एक विकेट लिए । कर्णाली प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया