महिला क्रिकेटमा एपीएफको लगातार चौथो जित
मेरोन्यूज
२०८० पुष ९ गते १७:२१

काठमाडौँ । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा विभागीय टोलि एपीएफले कोशी प्रदेशलाई पराजित गरेको छ ।
सोमबार सम्पन्न खेलमा एपीएफले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।
कोशी प्रदेशले दिएको ८५ रनको लक्ष्य पछाएको एपीएफले १७।३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि कोशी प्रदेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा २ विकेट गुमाएर ८४ रन बनाएको थियो ।
यो यस प्रतियोगितामा एपीएफको लगातार चौथो जित हो । यो जितपछि ४ खेलमा ८ अंकसहित एपीएफ शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै कोशी प्रदेशको भने यो खेलपछि ४ खेलमा ६ अंक रहेको छ र तेस्रो स्थानमा झरेको छ ।
अब एपीएफले अर्को खेल बुधबार कर्णाली प्रदेशसँग खेल्ने छ भने कोशी प्रदेशले बुधबार नै गण्डकी प्रदेशसँग खेल्ने छ ।
सम्बन्धित
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया