आइतबार, चैत २९, २०८२

इजाजत पत्र नवीकरण गरेर मात्र चलचित्र प्रदर्शन गर्न निर्देशन

मेरोन्यूज २०८० पुष १२ गते ९:१४

काठमाडौँ । चलचित्र विकास बोर्ड चलचित्र घर (फिल्महल)हरुलाई इजाजत पत्र नवीकरण गरेर मात्र चलचित्र प्रदर्शन गर्न निर्देशन दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बिहिबार एक सूचना जारी गर्दै बोर्डले ३५ दिनभित्र इजाजत पत्र नवीकरण गर्न समय सीमा तोकेको हो । 

सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा चलचित्र प्रदर्शन ईजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेश गर्न पनि आग्रह गरिएको छ । बोर्डको आग्रहलाई बेवास्ता गरेका प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया