बुधबार, माघ २१, २०८२

महिला क्रिकेट : सुदूरपश्चिमलाई ८ विकेटले हराउँदै कोशी प्लेअफमा

मेरोन्यूज २०८० पुष १२ गते १२:५६

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बिहीबार भएको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । जितसँगै कोशीले प्लेअफमा स्थान सुरक्षित गरेको छ । यसअघि एपीएफ क्लब पनि प्रतियोगिताको अघिल्लो चरणमा पुगिसकेको छ ।

प्रतियोगितामा ६ खेल खेलेको कोशी प्रदेशको यो पाँचौँ जित हो । एक खेलमा कोशी पराजित भएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमविरुद्ध जितका लागि पाएको ११९ रनको लक्ष्य कोशीले १७।४ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो ।

कोशीका लागि ओपनर दुई काजल श्रेष्ठ र रुबिना क्षेत्रीले ११८ रनको साझेदारी गरे। काजलले ५४ रन बनाइन् । रुविनाले अविजित ५१ रन जोडिन् ।

त्यस्तै पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ३ विकेट गुमाउँदै ११८ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन्। सम्झना खड्काले २७ रन बनाइन् । कविता जोशी २६ रेवती धामी २० मा अविजित रहिन् ।

प्रतिक्रिया