मानवीय त्रुटिले पोखरामा यतीको विमान दुर्घटना भएको जाँचबुझ आयोगको निष्कर्ष
मेरोन्यूज
२०८० पुष १२ गते १६:२३

काठमाडौं । गत वर्ष माघ १ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका भएको निष्कर्ष निकालिएको छ ।
६८ जना यात्रु र चारजना चालक दलका सदस्य बोकेको यतीको उक्त विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण दुर्घटनामा परेको निष्कर्षसहितको प्रतिवेदन बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीलाई बुझाएको हो।
पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले ८ महिना ३ दिन लगाएर प्रतिवेदन तयार गरेको हो। आयोगले व्ल्याक बक्स, ककपीट भ्वाइसलगायत सबै विषयको अध्ययन अनुसन्धान गरेको बताएको छ ।
पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएपछि सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
सम्बन्धित
















अष्ट्रेलिया र इन्डोनेसियाद्वारा नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर
Thailand votes after three prime ministers in two years
राष्ट्रियसभा बैठक सुरु
दुर्गा प्रसाईं फेरि पक्राउ
HoR election: EC to depute volunteers in all wards for voter education
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया