नबिल बैंकले ल्यायो ‘नबिल इन्स्ट्यान्ट गोल्ड लोन’, एक घण्टा भित्रै ऋण पाइने

काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरि बैंकले यो ऋण योजना ल्याएको हो ।
यो ऋण योजना अन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ । आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैंकले दाबी गरेको छ । त्यस्तै सुनको लागि निःशुल्क बिमाको व्यवस्था पनि गरिएको छ । बैंकले ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो प्रकारको कार्यक्रम ल्याएको जानकारी दिएको छ ।
नबिलले तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने जनाएको छ । जसमा उपत्यका भित्रका ग्राहकहरूका लागि कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट लिन सकिन्छ । उपत्यका बाहिरका ग्राहकका लागि धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगन्ज (भानुभक्त चोक), फिदिम र चिप्लेढुङ्गाबाट सुन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
















काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्रीमा गौरीकुमारी र श्रममन्त्रीमा रामजी यादव
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया