बिहीबार, चैत १९, २०८२

यस्तो छ आजको मौसम पूर्वानुमान

मेरोन्यूज २०८० पुष १३ गते ७:१०

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

Advertisement
nepal life insurencenepal life insurence

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानसम्म देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया