शाहरुख खानकाे ‘डंकी’ले ८ दिनमा कति कमायाे ?

काठमाडौं । शाहरुख खान अभिनित फिल्म ‘डंकी’ रिलिज भएको एक साता पार भइसकेको छ ।
शाहरुखका अघिल्ला फिल्मको तुलनामा ‘डंकी’ ले त्यति राम्रो व्यापार त गर्न सकेन, तर पनि फिल्मले दशर्कको माया भने पाइरहेको छ ।
डंकी’ ले आठौं दिन बिहीबार ९ करोड भारुको व्यापार गरेको छ । तर, फिल्मको कलेक्शनको यो आँकडा अनुमानित हो । वास्तविक तथ्याङ्क आउन बाँकी छ ।
२१ डिसेम्बरमा सिनेमाघरमा रिलिज भएको ‘डंकी’को आठ दिनको कुल बक्स अफिस कलेक्शन हेर्ने हो भने १६१ करोड भारु पुगेको छ ।
फिल्मको बजेट शाहरुखका अघिल्ला फिल्म ‘पठान’ र ‘जवान’ भन्दा निकै कम रहेको बताइएको छ । ‘डंकी’ को बजेट करिब १२० करोड भारु रहेको भनिएको छ । यस हिसाबले फिल्मले आफ्नो बजेट सुरक्षित गरिसकेको र नाफामा गइसकेको देखिन्छ ।
यद्यपि यस विषयमा आधिकारिक पुष्टि भने हुन सकेको छैन । यस हिसाबले हेर्ने हो भने डंकी’ प्रभावशाली फिल्म बनेको छ र अब यस फिल्मको जति कलेक्शन छ, त्यो फिल्मलाई हिट बनाउन प्रभावकारी साबित हुनेछ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया