सम्पादक अधिकारी गोरखापत्रकाे सल्लाहकार नियुक्त

काठमाडौं । मेरोन्यूज डटकमका सम्पादक रामकृष्ण अधिकारी गोरखापत्र संस्थानको सल्लाहकार नियुक्त भएका छन् ।
पुस ५ गते बसेको मन्त्रीपरिषदको बैठकले अधिकारीलाई संस्थानको व्यवस्थापन, आर्थिक एवम् प्रिन्ट सल्लाहकारमा नियुक्त गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
नुवाकोट सूर्यगढी गाउँपालिका वडा नम्बर २ घर भएका अधिकारी विगत २ दशक लामो समयदेखि पत्रकारिता सेवामा सक्रिय छन्। उनीसँग राजधानी, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट दैनिक, रेडियो मिर्मिरे र मेरो न्युज डटकममा काम गरेको सम्पादकीय र व्यवस्थापकीय अनुभव छ।
पत्रकारिता विषयमा स्नातकोत्तर गरेका अधिकारी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यसमेत हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थान ऐन, २०१९ को दफा १४ को उपदफा (१) बमोजिम अधिकारीलाई सल्लाहकारमा नियुक्त गरेको हो।
















महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
नेपाल ‘ए’ ओमानसँग पराजित
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया