आजबाट अंग्रेजी नयाँ वर्ष २०२४ सुरु

काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आज देखि अंग्रेजी नयाँ वर्ष सुरु भएको छ। आज देखि सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ सुरु भएको छ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत्को सुरुआत भएको भन्ने भनाइ रहेको छ।पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका छन्। इस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि केहीवर्ष अघिदेखि अंग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ।
विशेष गरी युवापुस्ताले अंग्रेजी नयाँ वर्षलाई मनाउने गरेका छन्। विदेशी पर्यटकको भिडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा विशेष कार्यक्रमसहित नयाँ वर्षको स्वागत गरिँदै छ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया