बिहीबार, वैशाख २४, २०८३

बालकुमारी घटनामा यातायातमन्त्रीको लापरबाही देखियो : गगन थापा

मेरोन्यूज २०८० पुष १६ गते १२:५७

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाही भएको बताएका छन्।

Advertisement
NiccNicc

आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको थापाले बताए।

 सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बोल्दै उनले समितिले मन्त्रीको लापरबाहीलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने बताए। 

श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको उल्लेख गर्दै बालकुमारी घटनाको छानबिन गर्न गठित समितिले मन्त्रीले गरेको लापरबाही पनि हेर्नुपर्ने थापाले बताए ।

प्रतिक्रिया