मंगलबार, वैशाख २२, २०८३

भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री साउदले गरे त्रिवि पुस्तकालय भवनको उद्घाटन

मेरोन्यूज २०८० पुष २० गते ११:०७

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय भवन उद्घाटन गरेका छन् ।

Advertisement
NiccNicc

विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त रूपमा आज त्रिविको पुस्तकालय भवन उद्घाटन गरेका हुन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहिबार नेपाल आएका जयशंकरले आजै भूकम्पपछिको पुनर्निर्माण परियोजना पनि उद्घाटन गर्नेछन् ।

बिहीबार नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै जयशंकरले उच्च राजनीतिक भेट गरेका थिए ।

उनी आजै मध्याह्न साढे १२ बजे नै भारत फर्कने छन् ।

प्रतिक्रिया