कर्मचारी अभावले अदालतको सेवा प्रवाहमा समस्या

लमजुङ । बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला अदालतमा दरबन्दीअनुसार कर्मचारी अभावमा दैनिक सेवा प्रवाहमा समस्या हुँदै आएको छ । दरबन्दीअनुसार ३० कर्मचारी हुनुपर्ने सो अदालतमा २० कर्मचारी हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको हो ।
जिल्ला अदालतका श्रेस्तेदार भेषराज पौडेलका अनुसार विभिन्न पदका १० कर्मचारी एक वर्षदेखि छैनन् । डिठ्ठा र तामेलदार पदमा छ–छ जनाको दरबन्दी भए पनि हाल तीन–तीन जनामात्र छन् । पाँच जनाको दरबन्दी रहेको नायबसुब्बामा हाल तीनमात्र छन् भने अन्य एक कर्मचारी छैनन् ।
केही महिनाअघिसम्म पाँच नायबसुब्बा रहेपनि दुई जनालाई र अर्का एक कम्प्युटर अपरेटरलाई पनि सर्वोच्च अदालतमा तानेपछि ती पद रिक्त रहेका छन् । अर्का एक लेखापाल पोखरा सरुवा भएकाले सो पद पनि खाली छ ।
दरबन्दीअनुसार कर्मचारी नहुँदा ४ बजे कार्यालय बन्द हुने भए पनि बेलुका ६ बजेसम्म पनि बसेर काम गर्नुपर्ने, ठगी मुद्दा धेरै भएकाले हेर्न समस्या भएको, तत्काल सक्नुपर्ने काममा ढिलाइ भएको र मुद्दा फैसलामा पनि ढिलाइ भएको उनको भनाइ थियो ।
कामको भार बढेकाले आजको काम भोलि र भोलिको काम पर्सि गर्नुपर्दा सेवा प्रवाहमा समस्या भएकाले सर्वोच्च अदालत र लोकसेवा आयोगको कार्यालयमा अवश्यक कर्मचारी उपलब्ध गराउन पत्र पठाए पनि कुनै सम्बोधन नभएको श्रेस्तेदार पौडेलले बताए ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया