मंगलबार, फागुन २६, २०८२

अमेरिकामा उडिरहेको विमानको एक भाग अलग भएपछि… (भिडियाे)

‌ओरेगन । अमेरिकाको पोर्टल्याण्ड (ओरेगन)बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा एउटा अनौठो घटना भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बीबीसीका अनुसार हावाको दबाबमा विमानको एक भाग भाँचियो र अलग भयो। तर, यो विमान सकुशल अवतरण भएको छ।

स्थानीय समयानुसार शुक्रबार साँझ उक्त दुर्घटना भएको हो ।

अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार उक्त विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको बताइएको छ ।

अलास्का एयरलाइन्सले विज्ञप्ति जारी गरेर भनेको छ, ‘पोर्टल्यान्ड, ओरेगनबाट क्यालिफोर्नियाको ओन्टारियोका लागि अलास्का एयरलाइन्सको फ्लाइट १२८२ मा टेकअफ भएको केही समयपछि एउटा घटना भयो। विमानमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रा यात्रु र कर्मचारीको सुरक्षा सधैँ हाम्रो प्राथमिकता हो। तथापि, यस प्रकारको घटना दुर्लभ हो। हाम्रो टोलीलाई त्यस्ता परिस्थिति ह्यान्डल गर्न तालिम दिइएको छ। घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ, थप जानकारी आएपछि सार्वजनिक गर्नेछौँ।’

प्रतिक्रिया