मंगलबार, वैशाख २२, २०८३

रवि लामिछानेले भने – लोकतन्त्रमा राज्यको छाडा प्रवृत्ति स्वीकार्य छैन्

मेरोन्यूज २०८० पुष २१ गते १४:५४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्लाहीको बरहथवा घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

Advertisement
NiccNicc

ललितपुरको बालकुमारी घटेको घटना नसेलाउँदै शुक्रबार सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको भन्दै उनले लोकतन्त्रमा राज्यको यस खालको छाडा प्रवृत्ति स्वीकार गर्न नसकिने बताएका हुन्।

शनिबार सामाजिक सञ्जालमार्फत उनले घटनासँग सम्बन्धित सबैलाई जवाफदेही बनाउन पनि माग गरेका छन् ।

उनले दुखद घटनाका पीडितलाई क्षतिपूर्ति दिन, दोषीलाई तुरुन्त करबाही गर्न र घटनासँग सम्बन्धित तलदेखि माथिसम्मका सबैलाई जवाफदेही बनाउन नेपाल सरकारसँग माग गरेका छन्।

पुस १३ गते कोरियन भाषा परीक्षा सम्बन्धित विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई युवाको मृत्यु भएको थियो। बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्याको अस्पतालका विषयमा विवाद हुँदा पुस २० शुक्रबार प्रहरीले गोली चलाएको थियो । गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो ।

प्रतिक्रिया