सोमबार, माघ १९, २०८२

बरहथवा घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन, मृतकका परिवारलाई १० लाख दिने

मेरोन्यूज २०८० पुष २१ गते १७:२२

काठमाडौं । सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिनका लागी गृहमन्त्रालयले ३ सदस्यीय समिति बनाएको छ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शनिबार एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

उक्त समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेका छन् ।

शुक्रवार सर्लाहीको बरहथवा नगरपालिका–५ मा गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गर्ने विषयमा विवाद हुँदा घटना घटेको हो ।

मृतक परिवारलाई १० लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका गृह मन्त्रालयका प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया