बरहथवा घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन, मृतकका परिवारलाई १० लाख दिने

काठमाडौं । सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिनका लागी गृहमन्त्रालयले ३ सदस्यीय समिति बनाएको छ ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शनिबार एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।
उक्त समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेका छन् ।
शुक्रवार सर्लाहीको बरहथवा नगरपालिका–५ मा गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गर्ने विषयमा विवाद हुँदा घटना घटेको हो ।
मृतक परिवारलाई १० लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका गृह मन्त्रालयका प्रवक्ता भट्टराईले जानकारी दिए ।

















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया